अनुसूची
जिल्ला विकास समितिको आम्दानीको वर्गीकरण र व्याख्या

न यम ६० को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)

जिल्ला विकास समितिको आम्दानीको वर्गीकरण र व्याख्या

१. आन्तरिक आय ः
जिल्ला विकासको आन्तरिक आयमा कर, सेवाशुल्क, दस्तुर, बिक्री तथा राजश्व बा“डफा“डबाट प्राप्त हुने आयहरु पर्दछन । लेखा राख्ने र प्रतिवेदन दिने प्रयोजनका लागि जिल्ला विकास समितिको आन्तरिक आयलाई विभिन्न शीर्षक तथा उप शीर्षकहरुमा वर्गीकरण गरिएको छ । कुन किसिमको आयलाई कुन शीर्षक, उप– शीर्षकमा आम्दानी बा“धी लेखा राख्ने प्रयोजनका लागि जिल्ला विकास समितिको
आम्दानीको व्याख्या देहाय अनुसार गरिएको छ ः–

१.१ स्थानीय कर ः
१.१.१ पूर्वाधार उपयोग करः स्थानीय स्वायत्त शासन ऐनको दफा २१५(१) मा व्यवस्था भए बमोजिम जिल्ला विकास समितिले आफूले निर्माण गरेका वा आफूलाई हस्तान्तरण भई आएका सडक, बाटो, पुल, सिंचाई, कुलो पोखरी आदिमा कर लगाई प्राप्त हुने आय ।

१.१.२ स्रोत उपयोग करः ऐनको दफा २१५ (२) अनुसार खानी, कवाडी, कृषि तथा पशु र वन जन्य तथा अन्य स्रोतमा कर लगाउ“दा प्राप्त हुने रकमहरु स्रोत उपयोग कर अन्तरगत पर्दछन । स्रोत उपयोग करलाई देहाय अनुसार वर्गीकरण गरिएको छ ।

१.१.३ खानी जन्य कर ः जिल्ला भित्रका विभिन्न किसिमका खानी प्रयोग गरे वापत त्यस्ता खानीबाट उत्पादित वस्तु ढु·ा, स्लेट, मार्वल आदिमा लगाइएको करबाट प्राप्त हुने रकम ।

१.१.४ कवाडी जन्य कर ः स्वदेशमा स्थापना भएका उद्योगहरुले यथास्थितिमा प्रयोग गर्ने र प्रशोधन भई पुन प्रयोग हुन सक्ने स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को अनुसूची–२३ को खण्ड ४ मा तोकिएका कवाडी मालसामानमा लगाइएको करबाट प्राप्त रकम ।

१.१.५ कृषि तथा पशु जन्य कर ः जिल्ला भित्र व्यवसायिक प्रयोजनको उदेश्यले उत्पादन भएका कृषि तथा पशु जन्य वस्तु र चौपायाको व्यापारमा प्रचलित बजार मूल्यको एक प्रतिशतमा नवढ्ने गरी जिल्ला परिषद्ले निर्धारण गरेको दरमा लगाएको करबाट प्राप्त रकम ।

१.१.६ वन जन्य कर ः जिल्ला विकास क्षेत्रमा जिल्ला परिषद्बाट पारित दरमा वनजन्य वस्तु जस्तो काठ, दाउरा, उन, खोटो, जडिवुटी, वनकस तथा मृत जीव जन्तुको हाड, सिङ्ग, प्वा“ख छाला आदिमा तोकिए बमोजिम लगाइएको करबाट प्राप्त रकम ।

१.२ सेवा शुल्क ः

१.२.१ भौतिक सुविधा सेवा शुल्कः जिल्ला विकास समितिले निर्माण गरेका वा आफ्नो जिम्मामा रहेका अतिथि गृह, पुस्तकालय, चिकित्सालय, धर्मशाला, सभागृह आदि र आपूmले निर्माण गरेका कूलो पैनी, वा“ध आदिमा लगाइएको सेवा शुल्क वापत प्राप्त हुने रकम ।

१.२.२ स्थानीय विकास शुल्कः जिल्ला विकास समितिले ऐनले दिएको अधिकार अन्तरगत विनियम तर्जुमा गरी जिल्ला भित्र विशेष किसिमका सेवा प्रवाहको लागि सेवा, वस्तु वा उत्पादनमा लगाइएको स्थानीय विकास शुल्क वापत प्राप्त हुने रकम ।

१.२.३ अन्य सेवा शुल्कः माथि उल्लेख नभएका अन्य सेवा शुल्कबाट प्राप्त रकम ।

१.३ दस्तुर ः

१.३.१ केवलकार दस्तुरः जिल्ला भित्र केवलकार सञ्चालन गरे वापत नियमावलीले तोकेको दरमा लगाइएको केवलकार सञ्चालन दस्तुरबाट प्राप्त हुने रकम ।

१.३.२ सिनेमा हल स्थापना अनुमति दस्तुर ः नगरपालिका क्षेत्र बाहेक जिल्ला भित्रका अन्य क्षेत्रमा सिनेमाहल स्थापनाको लागि अनुमति प्रदान गर्दा नियमावलीले तोके अनुसार जिल्ला विकास समितिले लगाउने अनुमति दस्तुर वापत प्राप्त रकम ।

१.३.३ निर्माण व्यवसायी अनुमति पत्र र नवीकरण दस्तुरः घ वर्गका निर्माण व्यवसायीहरुका लागि अनुमति प्रदान गर्दा र अनुमति पत्र नवीकरण गर्दा तोकिए बमोजिम लिइने दस्तुर वापत प्राप्त हुने रकम ।

१.३.४ परीक्षा दस्तुरः जिल्ला विकास समितिले पदपूर्तिका लागि सञ्चालन गर्ने विभिन्न परीक्षाहरुमा प्रचलित कानून बमोजिम लिइने परीक्षा दस्तुर वापत प्राप्त हुने रकम ।

१.३.५ पानीघाट, जलविहार तथा माछा मार्ने अनुमति दस्तुर ः जिल्ला भित्रका नदीहरुमा जल विहार गर्ने, डु·ा तथा तुईन चलाउने र माछा मार्ने अनुमति प्रदान गर्दा र त्यस्तो अनुमति पत्र नवीकरण गर्दा लिईने दस्तुर तथा पानीघाटको दर्ता तथा नवीकरण गर्दा लिइने दस्तुर वापत प्राप्त हुने रकम ।

१.३.६ खानी दर्ता नवीकरण दस्तुर ः जिल्ला भित्र रहेका विभिन्न किसिमका खानीहरुको दर्ता तथा नवीकरण गर्दा लिइने दस्तुर वापत प्राप्त हुने रकम ।

१.३.७ सिफारिस दस्तुर ः जिल्ला विकास समितिले कुनै व्यक्ति वा संस्थाका लागि गरिने कुनै पनि किसिमको सिफारिसमा लिइने तोकिए बमोजिमको सिफारिस दस्तुर वापत प्राप्त हुने रकम ।

१.३.८ अन्य दस्तुरः जिल्ला विकास समितिले लगाउन सक्ने गरी वेलावेलामा नियमावलीद्वारा तोकिएका अन्य दस्तुर वापत प्राप्त गर्ने रकम ।

१.४ बिक्रीबाट प्राप्त आय ः

१.४.१ खानी जन्य स्रोतः ऐनको दफा २१८ बमोजिम जिल्ला विकास समितिले आफ्नो क्षेत्र भित्रका नदी नालाको गिटी, ढु·ा, वालुवा, स्लेट, माटो आदि बिक्री गरे वापत प्राप्त हुने रकम ।

१.४.२ दहत्तर बहत्तरः ऐनको दफा २१८ बमोजिम जिल्ला भित्रका नदी नालाहरुमा प्राप्त दहत्तर वहत्तरको बिक्रीबाट प्राप्त हुने रकम ।

१.४.३ चल अचल सम्पत्तिः जिल्ला विकास समितिले आफ्नो स्वामित्वमा रहेको कुनै पनि किसिमको चल अचल सम्पत्ति बिक्री गर्दा सो वापत प्राप्त हुने रकम ।

१.५ दण्ड जरिवाना ः

१.५.१ ऐनको दफा २३३ को (१) बमोजिम सो ऐन वा सो ऐन अन्तरगत वनेका नियम वा विनियम वा आदेशको कसैले उल्लंघन गरेमा जिल्ला विकास समितिले सोही उपदफामा उल्लेख भएअनुसार जरिवाना गर्दा प्राप्त हुने रकम र सोही दफाको उपदफा (२) बमोजिम जिल्ला विकास समितिको जिम्मामा रहेको सम्पत्ति फेरवदल गरेमा वा हिनामिना गरेमा जिल्ला विकास समितिले त्यस्तो हानी नोक्सानी असूल
उपर गराउने क्रममा प्राप्त गर्ने रकम । तर जिल्ला विकास समितिले कर, दस्तुर, सेवा, शुल्क वा बिक्री वापत रकम उठाउने \ क्रममा कुनै किसिमको दण्ड जरिवाना समेत उठाएको रहेछ भने त्यस्तो दण्ड जरिवाना भने सम्बन्धित आयकै शीर्षकमा जनाउनु पर्नेछ ।

१.६ राजश्व बा“डफा“डबाट प्राप्त आय ः

१.६.१ रजिष्ट्रेशन दस्तुरः नियमावलीमा तोकिदिएको दरमा जिल्ला विकास समितिले रजिष्ट्रेशन दस्तुरबाट राजश्व बा“डफा“ड वापत जिल्ला मालपोत कार्यालयबाट प्राप्त गर्ने रकम ।

१.६.२ पर्यटक प्रवेश दस्तुरः जिल्ला विकास क्षेत्र भित्र प्रवेश गर्ने पर्यटकहरुसंग नेपाल सरकारले लिने प्रवेश दस्तुरमध्ये जिल्ला विकास समितिलाई प्राप्त हुने रकम ।

१.६.३ जल विद्युत रोयल्टीः नेपाल सरकारलाई प्राप्त हुने विद्युत रोयल्टीमध्येबाट सम्बन्धित विकास क्षेत्र र जिल्ला भित्र रहेका विद्युत गृह र तिनको क्षमताका आधारमा जिल्ला विकास समितिले निर्धारित दरमा विद्युत रोयल्टी वापत प्राप्त गर्ने रकम ।

१.६.४ वन क्षेत्रको आयः नेपाल सरकारलाई वन क्षेत्रवाट उठेको वन पैदावारको रोयल्टी रकममध्ये जिल्ला विकास समितिलाई प्राप्त हुने दश प्रतिशत रकम ।

१.६.५ खानी रोयल्टीः जिल्ला भित्र सञ्चालित विभिन्न खानी जन्य उद्योगहरुले नेपाल सरकारलाई वुझाउने रोयल्टी मध्येबाट जिल्ला विकास समितिहरुले तोकिए अनुसार प्राप्त गर्ने रकम ।

१.६.६ पर्वतारोहण रोयल्टीः पर्वतारोहण सलामी वापत नेपाल सरकारलाई प्राप्त रकममध्ये जिल्ला विकास समितिलाई प्राप्त हुने रकम ।

१.६.७ मध्यवर्ती क्षेत्रको आयः नेपाल सरकारलाई राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वन पैदावारबाट प्राप्त हुने रोयल्टी मध्येबाट बा“डफा“ड गरी जिल्ला विकास समितिलाई प्राप्त हुने रकम ।

१.७ सा“वा, व्याज, लाभांश र वोनस ः
१.७.१ सा“वा फिर्ताः जिल्ला विकास समितिले कुनै पनि वित्तीय संस्थाको शेयर, वचत पत्र वा ऋणपत्रमा गरेको लगानी र अन्य कुनै पनि किसिमको औद्योगिक लगानीबाट सा“वा फिर्ता हु“दा प्राप्त हुने रकम ।

१.७.२ व्याजः जिल्ला विकास समितिले व्याज प्राप्त गर्ने गरी कुनै बैंक वा वित्तीय संस्थामा राखेको मौज्दात, बचतपत्र वा ऋणपत्रबाट प्राप्त हुने व्याज वापतको आय ।
१.७.३ लाभांश तथा वोनसः जिल्ला विकास समितिले लगानी गरेको शेयरबाट प्राप्त हुने लाभांश रकम ।

१.८ गाविस/नगरपालिकाबाट प्राप्त मालपोत ः गाउ“ विकास समिति र नगरपालिकाहरुले मालपोत संकलन गरी तोकिए अनुसार
जिल्ला विकास समितिलाई वुझाउनु पर्ने २५ प्रतिशत मालपोत वापत प्राप्त हुने आय ।

आयमूलक कार्यक्रम ः
जिल्ला विकास समितिले सञ्चालन गरेको आयमूलक कार्यक्रमहरु जस्तो निजी– सार्वजनिक साझेदारी आदिबाट प्राप्त हुने रकम

१.१० विविध आय ः

१.१०.१ भाडाः जिल्ला विकास समितिको चल अचल सम्पत्ति प्रयोग गर्न दि“दा भाडा वापत प्राप्त हुने आय ।

१.१०.२ धरौटी जफत र फिर्ता प्राप्त ः कुनै व्यक्ति वा संस्थाले जिल्ला विकास समितिमा राखेको धरौटी नियमानुसार जफत हु“दा र जिल्ला विकास समितिले अन्य निकायमा राखेको धरौटी फिर्ता हु“दा प्राप्त हुने आय ।

१.१०.३ पेश्की फिर्ता ः जिल्ला विकास समितिले कुनै व्यक्ति वा संस्थालाई उपलव्ध गराएको पेश्की सम्बन्धित आर्थिक वर्ष व्यतित भईसकेपछि फिर्ता हु“दा सो वापत प्राप्त हुने रकम । पेश्की उपलब्ध गराएको रकम सोही आर्थिक वर्ष भित्रै प्राप्त भएमा सम्बन्धित वजेट शीर्षकमै खर्च घट्ने हु“दा आम्दानी तर्फ जनाउनु पर्दैन ।

१.१०.४ धरौटीः कुनै व्यक्ति वा संस्थाले पछि फिर्ता पाउने गरी जिल्ला विकास समितिमा राखेको धरौटी वापतको रकम ।

१.१०.५अन्य आय ः जिल्ला विकास समितिलाई प्राप्त हुने निर्धारित शीर्षकभित्र नपरेका र शीर्षक यकिन हुन नसकेका अन्य विविध किसिमका आय ।
२. वा≈य स्रोत ः
जिल्ला विकास समितिहरुले नेपाल सरकारबाट अनुदान प्राप्त गर्दछन । अनुदान सर्शत वा निर्शत दुवै किसिमको हुने गर्दछ । त्यसै गरी स्वदेशी वा विदेशी वित्तीय संस्थाहरुबाट ऋण वा अनुदान प्राप्त गर्दछन । यस्तो ऋण वा अनुदान नगद, वस्तुगत वा सोझै भुक्तानीको रुपमा प्राप्त हुन्छ । यी सवै किसिमका स्रोतलाई जिल्ला विकास समितिको वा≈य स्रोतको रुपमा लिईन्छ । लेखा प्रयोजनका लागि वा≈य स्रोतका शीर्षकहरुको वर्गीकरण निम्न अनुसार गरिएको छ ः–

२.१ नेपाल सरकार अनुदान ः

२.१.१ सशर्त अनुदानः नेपाल सरकारले निश्चित क्षेत्र र प्रयोजनमा खर्च÷उपयोग गर्ने गरी उपलब्ध गराएको एकमुष्ठ वा क्षेत्रगत अनुदान वापत प्राप्त नगद वा वस्तुगत सहायता ।

२.१.२ निशर्त अनुदानः नेपाल सरकारले खर्च गर्ने सम्बन्धमा विषयगत क्षेत्र वा निश्चित शर्त किटान नगरी जिल्ला विकास समितिलाई खर्च/उपयोग गर्न उपलब्ध गराएको एकमुष्ठ वा क्षेत्रगत अनुदान वापत प्राप्त नगद वा वस्तुगत सहायता ।

२.१.३ वस्तुगतः नेपाल सरकारले निश्चित क्षेत्र र प्रयोजनमा उपयोग गर्ने गरी उपलब्ध गराएको वस्तुगत सहायताको मूल्य तोकिएकोमा सोही मूल्य र मूल्य नतोकिएकोमा प्रचलित कानून बमोजिम मूल्याड्ढन गरी कायम गरिने मूल्य अनुसार हुने रकम ।

२.१.४ नगदः नेपाल सरकारले खर्च गर्ने सम्बन्धमा विषयगत क्षेत्र वा निश्चित शर्त किटान नगरी जिल्ला विकास समितिलाई खर्च गर्न उपलब्ध गराएको एकमुष्ठ वा क्षेत्रगत अनुदान वापत प्राप्त नगद ।

२.१.५ वस्तुगत ः नेपाल सरकारले विषयगत क्षेत्र वा निश्चित शर्त किटान नगरी जिल्ला विकास समितिलाई उपयोग गर्न उपलब्ध गराएको वस्तुगत सहायताको मूल्य तोकिएकोमा सोही मूल्य र मूल्य नतोकिएकोमा प्रचलित कानून बमोजिम मूल्याड्ढन गरी कायम गरिने मूल्य अनुसार हुने रकम ।

२.१.६ अन्य अनुदान ः

२.१.६.१ नगदः अन्य कुनै किसिमले प्राप्त गरेको नगद अनुदान रकम ।

२.१.६.२ वस्तुगतः अन्य कुनै किसिमले प्राप्त गरेको वस्तुगत अनुदान रकम ।

२.२ वैदेशिक अनुदान ः
जिल्ला विकास समितिले वैदेशिक दातृ संस्था, व्यक्ति वा निकायबाट अनुदान वापत नगद, वस्तुगत वा सोझै भुक्तानी स्वरुप जिल्ला विकास समितिको नाउ“मा प्राप्त हुने रकम ।

२.२.१ नगदः जिल्ला विकास समितिले वैदेशिक दातृ संस्था, व्यक्ति वा निकायबाट अनुदान वापत प्राप्त गरेको नगद रकम ।

वस्तुगतः जिल्ला विकास समितिले वैदेशिक दातृ संस्था व्यक्ति वा निकायबाट प्राप्त गरेको वस्तुगत सहयोगको मूल्य तोकिएकोमा सोही मूल्य र मूल्य नतोकिएकोमा प्रचलित कानून बमोजिम मूल्याड्ढन गरी कायम गरिने मूल्य अनुसार हुने रकम ।

२.२.३ सोझै भुक्तानीः जिल्ला विकास समितिले वैदेशिक दातृ संस्था व्यक्ति वा निकायबाट अनुदान सहयोग स्वरुप जिल्ला विकास समितिको नाउ“मा सोझै भुक्तानी गरिदिएको रकम ।

२.३ अन्य अनुदान ः
जिल्ला विकास समितिलाई कुनै व्यक्ति वा संस्थाबाट प्राप्त नगद वा वस्तुगत उपहार, चन्दा, अनुदान वा सहायताको रकम ।

२.३.१ नगदः जिल्ला विकास समितिलाई कुनै व्यक्ति वा संस्था वा उपभोक्ता समितिबाट प्राप्त नगद उपहार, चन्दा, अनुदान वा सहायताको रकम ।

२.३.२ वस्तुगतः जिल्ला विकास समितिलाई कुनै व्यक्ति वा संस्थाबाट वस्तुगत स्वरुपमा प्राप्त उपहार, चन्दा, अनुदान वा सहायताको मूल्य तोकिएकोमा सोही मूल्य र मूल्य नतोकिएकोमा प्रचलित कानून बमोजिम मूल्याड्ढन गरी कायम गरिने मूल्य अनुसार हुने रकम ।

२.४ अन्य निकासा (नेपाल सरकार)ः जिल्ला विकास समितिबाट सञ्चालित हुने गरी नेपाल सरकारले आयोजना विशेषकालागि (आयोजना तोकेर) उपलब्ध गराएको रकम ।

२.५ ऋण ः
२.५.१ स्वदेशी ऋणः जिल्ला विकास समितिले स्वदेशी, वित्तीय संस्था, व्यक्ति वा निकायबाट ऋण लि“दा प्राप्त हुने रकम ।

२.५.२ वित्तीय संस्था ऋणः जिल्ला विकास समितिले स्वदेशी वित्तीय संस्थाबाट ऋण लि“दा प्राप्त हुने रकम ।

२.५.३ अन्य ऋणः जिल्ला विकास समितिले स्वदेश भित्रका वित्तीय संस्था वाहेकका अन्य व्यक्ति वा निकायबाट ऋण लि“दा प्राप्त हुने रकम ।

२.५.४विदेशी ऋणः जिल्ला विकास समितिले विदेशी सरकार, वित्तीय संस्था, व्यक्ति वा निकायबाट ऋण लि“दा प्राप्त हुने नगद, वस्तुगत वा सोझै भुक्तानी वापत जिल्ला विकास समितिको नाउ“मा प्राप्त हुने रकम ।

२.५.५ नगदः जिल्ला विकास समितिले विदेशी सरकार, वित्तीय संस्था, व्यक्ति वा निकायबाट ऋण लि“दा प्राप्त हुने नगद रकम

२.५.६ वस्तुगतः जिल्ला विकास समितिले विदेशी सरकार, वित्तीय संस्था, व्यक्ति वा निकायबाट ऋण लि“दा प्राप्त हुने वस्तुगत सहायताको मूल्य तोकिएकोमा सोही मूल्य र मूल्य नतोकिएकोमा प्रचलित कानून बमोजिम मूल्याड्ढन गरी कायम गरिने मूल्य अनुसार हुने रकम ।

२.५.७ सोझै भुक्तानीः जिल्ला विकास समितिले विदेशी सरकार, वित्तीय संस्था, व्यक्ति वानिकायबाट ऋण स्वरुप जिल्ला विकास समितिको नाउ“मा सोझै भुक्तानी भएको रकम ।
२.६ सापटी ः

कुनै व्यक्ति, संस्था वा निकायबाट जिल्ला विकास समितिले सापटी लि“दा र सापटी
दिएको रकम फिर्ता हु“दा प्राप्त हुने रकम ।